+

महिनावारी किन अनियमित हुन्छ ?

हर्मोनल असन्तुलन

कुनै कारणवश एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको असन्तुलन भएमा अनियमित महिनावारी हुन्छ।  

तनाव बढ्नु

तनाव उच्चतम बिन्दुमा पुगेपछि तनाव हार्मोन एन्ड्रोलिन र कोर्टीसोल हर्मोन हाबी भई एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनमा प्रतिक्रिया गरी यसको उत्पादनमा असर गर्छ । जसले अण्डालाई उत्पादन हुन दिंदैन र महिनावारी नियमित हुँदैन ।

Advertisement

तौल घट्नु

यदि शरीर दुब्लो छ वा अचानक तौल घटिरहेको छ भने पनि महिनावारी अनियमित हुनसक्छ । दौडधुपले खानपानमा उचित समय नदिनु, पौष्टिक आहार कम खानु, कोही तौल बढ्ने चिन्ताले क्यालोरी नियन्त्रण गर्न आवश्यक खानेकुराभन्दा कम खाने युवतीमा तौल घट्न सक्छ ।

मोटोपन

अत्यधिक तौल पनि महिलाको महिनावारीमा असर गर्ने कारक बन्न सक्छ । मोटो शरीर भएमा एस्ट्रोजेन हार्मोनको उत्पादन चाहिनेभन्दा बढी हुन्छ । जसले महिनावारी नियमित हुन दिंदैन ।

हाइपोथाइरायडिज्म

थाइराइड ग्रन्थीले शरीरमा थाइराइड हार्मोन  कम मात्रामा उत्पादन भएमा सोझो असर महिनावारी हर्मोनमा पर्छ। जसकारण महिनावारी चक्रलाई असर गर्छ ।

गर्भाशयमा फाइब्रोइड्स

गर्भाशयमा हुने ट्युमर जसलाई मासु पलाएको वा ओभेरियन सिस्ट पनि भन्ने गरिन्छ । यो ट्युमर क्यान्सरयुक्त नभए पनि महिनावारीलाई असर भने पक्कै गर्छ ।