+

के हुन्छ, जब लामो समयसम्म एकै ठाउँमा बस्छौं ?

बसाईको स्थिती र अवधिले शरीरमा प्रत्यक्ष प्रभाव

हुन त बस्ने कुरा हामीलाई सामान्य लाग्छ । तर, बसाईको स्थिती र अवधिले शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । खासगरी रक्तसंचार प्रणाली, मांसपेशी, हड्डी, नसा आदिमा ।

नसामा रगत जम्ने जोखिम

जब हामी एकै ठाउँमा लामो अवधि बसिरहन्छौं, हाम्रो शरीरको कतिपय भागकाे रक्तसंचार राम्ररी हुन पाउँदैन । यसले गर्दा डीप भेन थ्रोम्बोसिस (डिभिटी) हुन्छ

Advertisement

नसामा रगतको ढिक्का

यसको अर्थ लामो समयसम्मको बसाईले मुख्यतः पिँडौलाको नसामा रगतको ढिक्का बन्नु हो । यस्तो ढिक्का तिघ्राको रक्तनसामा पनि बन्न सक्छ ।

मुटुको धमनीमा अवरोध

यसरी बनेकाे रगतको ढिक्काकाे केही अंश उछिट्टएर फोक्सो र मुटु बीचकाे रक्तनलीमा अड्किन सक्छ, जसलाई पल्मोनरी एम्बोलिज्म भनिन्छ । पल्मोनरी एम्बोलिजम भनेको फोक्सो र मुटुको बीचको पल्मोनरी धमनीमा अवरोध आउनु हो ।

अचानक मृत्यु

कहिले काहीँ हामी सुन्छौं, लामो समयसम्म यात्रा गरेर आएको मान्छे अचानक मृत्यु भयो । त्यस्तो मृत्युको कारणमा डीप भेन थ्रोम्बोसिस पनि हुनसक्छ।

मेरुदण्डमा दवाब

त्यसबाहेक एकै ठाउँकाे लामाे बसाईले मेरुदण्डमा दवाब पर्छ । यसले गर्दा नसा च्यापिने, हड्डी खिइने जोखिम हुन्छ । ढाड दुख्ने, जोर्नीको समस्या हुने, मांसपेशी दुख्ने, मोटोपना बढ्ने समस्या पनि हुनसक्छ ।