१. पुरानो फर्निचरलाई पोलिस वा रिफिनिस गर्ने
पुरानो फर्निचर फाल्ने वा नयाँ किन्नुको सट्टा यसलाई पोलिस गर्न सकिन्छ वा पेन्ट गर्न । काठको फर्निचरमा राम्रो पोलिस लगाउँदा चम्किन्छ । यदि आफैं पेन्ट गर्न सकिन्छ भने खर्च झन् कम लाग्छ । यसले फर्निचरलाई नयाँजस्तै बनाउँछ ।
२. वालपेपर वा स्टिकरबाट भित्ता सजाउने
पूरै कोठा पेन्ट गर्न महँगो पर्छ भने वालपेपर वा सजिलो टाँसिने भित्ता स्टिकर प्रयोग गर्न सकिन्छ । अनलाइन वा बजारमा विभिन्न डिजाइनका सस्तो वालपेपर पाइन्छन्, जसलाई आफैं टाँस्न सकिन्छ । एउटा एक्सेन्ट वाल मात्र गरे पनि कोठाको लुक तुरुन्तै बदलिन्छ ।
३. ढोका र झ्यालको किनारालाई पेन्ट गर्ने
फर्निचर पेन्ट गर्दै हुनुहुन्छ भने ढोका, झ्यालको फ्रेम र किनारालाई पनि फ्रेश पेन्ट गर्न बिर्सनु हुँदैन । पूरै ढोका होइन, केवल किनारा र ह्यान्डल नजिकको भागमा पेन्ट गरे पुग्छ । यो सानो कामले पनि घरलाई सफा र परिष्कृत देखाउँछ ।
४. इन्डोर बिरुवा र हरियालीबाट जीवन्तता थप्ने
महँगा सजावटका सामानको सट्टा सस्ता इन्डोर प्लान्ट्स जस्तैः स्नेक प्लान्ट, मनी प्लान्ट, पोटेड फर्न र क्रिपर बिरुवा राख्न सकिन्छ । मौसमअनुसार फेर्दै गर्नुपर्छ । बिरुवाले घरलाई प्राकृतिक, ताजा र जीवन्त बनाउँछ, साथै हावा पनि सफा गर्छ । यो सबैभन्दा बजेट फ्रेन्डली र प्रभावकारी तरिका हो ।
५. शावर कर्टेन वा सस्तो पर्दा प्रयोग गर्ने
झ्यालमा महँगो पर्दा लगाउन गाह्रो छ भने शावर कर्टेन उत्कृष्ट विकल्प हो । विभिन्न डिजाइन र रङका सस्ता शावर कर्टेन बजारमा पाइन्छन् । यो वाटर प्रुफ हुन्छ, सजिलै सफा गर्न सकिन्छ र झ्यालबाट बाहिरको दृश्य पनि देखिन्छ । यसले कोठालाई उज्यालो र स्टाइलिश बनाउँछ ।
६. लाइटिङ अपग्रेड गर्ने
लाइटले घरको मूड बदल्छ । पुराना बल्ब फेरेर वार्म लाइट वा सस्ता टेबल ल्याम्प, फ्लोर ल्याम्प राख्न सकिन्छ । स्ट्रिङ लाइट्स वा फेयरिलाइट्स पनि बजेटमा पाइन्छन्, जसले कोठालाई कोजी र आधुनिक बनाउँछ ।