
१. द परस्युट अफ ह्यापिनेस (२००६)
यो हलिउड फिल्म क्रिस गार्डनरको वास्तविक जीवनमा आधारित छ, जसले आर्थिक संकट र घरविहिन हुँदा पनि आफ्नो छोराको भविष्यका लागि अथक संघर्ष गर्छन् । यो फिल्मले पिताको स्नेह र छोराप्रतिको समर्पणलाई मार्मिक रूपमा देखाउँछ ।

२. फादर अफ द ब्राइड (१९९१)
यो हलिउड कमेडी-ड्रामा फिल्म हो । जसमा एक पिताले आफ्नी छोरीको विवाहको तयारीमा आफ्ना भावनाहरूसँग जुध्नुपर्छ । फिल्मले पिताको संरक्षक भूमिका र छोराछोरीको खुसीका लागि आफ्नो भावनालाई त्याग्ने क्षमतालाई दर्शाउँछ।

३. लाइफ इज ब्युटिफुल (१९९७)
इटालियन फिल्म ‘लाइफ इज ब्युटिफुल’ दोस्रो विश्वयुद्धको समयमा एक यहुदी पिता ग्विडो (रोबर्टो बेनिग्नी) को कथा हो । यसमा उनले आफ्नो सानो छोरालाई नाजी शिविरको क्रूरताबाट जोगाउन खेलको भूमिकाको परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

४. टु किल अ मकिङबर्ड (१९६२)
यो क्लासिक अमेरिकी फिल्म हार्पर लीको उपन्यासमा आधारित छ, जसमा एकल पिता एटिकस फिन्च (ग्रेगरी पेक) ले आफ्ना दुई सन्तानलाई नैतिकता, न्याय र समानताको पाठ सिकाउँछन् ।

५. बाइसाइकल थिभ्स (१९४८)
इटालियन फिल्म ‘बाइसाइकल थिभ्स’ ले युद्धपछिको इटालीमा एक गरिब पिता एन्टोनियो (लम्बेर्तो म्यागियोर्नी) को कथा भन्छ, जो आफ्नो चोरी भएको साइकल खोज्न आफ्नो छोरासँग शहरभरि भौंतारिन्छ।

६. द गडफादर (१९७२)
फ्रान्सिस फोर्ड कोपोलाको यो क्लासिक फिल्मले भिटो कोर्लियोन (मार्लन ब्रान्डो)को चरित्रले पिताको संरक्षक, मार्गदर्शक र बलिदानी भूमिकालाई देखाउँछ । उनले आफ्ना सन्तानलाई शक्ति र जिम्मेवारीको सन्तुलन सिकाउँछ ।