+

जाडोमा हृदयघातको जोखिम कम गराउने ८ खानेकुरा

ओखर

जाडोयाममा ओखर बदाम जस्ता ड्राइफ्रुट्स खानुपर्छ ।यसमा ओमेगा-३ फ्याटी एसिड हुन्छ, जसले कोलेस्टेरोललाई नियन्त्रणमा गरी रक्तनलीलाई स्वस्थ राख्छ ।

आलस

दैनिक एक चम्चा आलस सेवनले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । आलसमा पाइने अल्फा–लिनोलेनिक एसिड हृदयरोग भएका मानिसहरूका लागि लाभदायक हुनसक्छ ।

Advertisement

सुन्तला

जाडोमा भिटामिन सी र एन्टिअक्सिडेन्टले भरपुर सुन्तला खाने हो भने मुटुलाई फाइदा गर्छ। साथै रक्तचाप नियन्त्रण गर्छ, रक्तनलीको स्वास्थ्य कायम राख्छ । रक्तनली सुन्निएको पनि कम गर्छ ।

लसुन

लसुनमा एलिसिन नामक यौगिक हुन्छ, जसले रक्तचाप कम गर्न मद्दत गर्छ। रक्तनलीलाई स्वस्थ बनाउँछ। मुटुलाई स्वस्थ राख्छ । यसले कोलेस्टेरोल घटाउन पनि मद्दत गर्छ ।

माछा

यदि मांसाहारी हुनुहुन्छ भने जाडोमा माछा खानु पनि लाभदायक हुन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम र ओमेगा-३ फ्याटी एसिडको मात्रा बढी हुन्छ । जसले मुटुलाई फाइदा पुर्‍याउँछ ।

चुकन्दर

चुकन्दरको जुसले रक्तचाप घटाउने काम गर्छ । यसमा हुने नाइट्रेट (एनओ३) ले उच्च रक्तचाप कम गर्ने क्षमता राख्छ । दैनिक एक गिलास चुकन्दरको रस पिउनाले रक्तनली सुन्निएको लक्षण कम गर्ने र  कोरोनरी हृदयरोग भएका लागि लाभदायक हुन्छ ।

सोया उत्पादन

सोया उत्पादन मुटुको स्वास्थ्यका लागि लाभदायक हुन्छ । जस्तै, तोफु, सोया दूध मुटुको स्वास्थ्यका लागि राम्रो हो । यसको सेवनले कोलेस्टेरोल घटाउन मद्दत गर्छ ।