
समयको निगरानी
धेरैजसो डिभाइसहरूले स्क्रिन समय ट्र्याक गर्छन्। आफ्नो डिभाइसमा कति समय बिताउनुभयो, कुन-कुन एपमा कति समय चल्यो र कति पटक डिभाइस उठाउनुभयो भनेर हेर्न सकिन्छ। प्रत्येक एपमा बिताएको समय हेरेर धेरै समय खर्च गर्ने एपहरू मेट्न सकिन्छ ।

ग्रेस्केल मोड प्रयोग गर्ने
आफ्नो फोन वा अन्य डिभाइसलाई ग्रेस्केल मोडमा राख्न सक्नुहुन्छ, यदि यो सुविधा उपलब्ध छ भने यसले स्क्रिनबाट सबै रङहरू हटाउँछ, जसले तपाईंको फोनलाई कम आकर्षक देखाउँछ ।

नोटिफिकेसन बन्द गर्ने
फोनले बारम्बार अनावश्यक कुराहरूको सूचना दिँदा त्यसलाई चलाउन, हेर्न मन लाग्न सक्छ। सेटिङमा गएर कुन एपले सूचना पठाउन सक्छ भनेर परिवर्तन गर्न सकिन्छ। यसले डिभाइस बारम्बार हेर्नुपर्ने आवश्यकता कम गर्छ।

स्क्रिनरहित समय तोक्ने
निश्चित समय वा परिस्थितिहरूमा फोन प्रयोग नगर्ने नियम बनाउनुहोस्। जस्तै, खाना खाँदा वा साथीहरूसँग हुँदा स्क्रिन प्रयोग नगर्ने निर्णय गर्न सक्नुहुन्छ। यसले ती गतिविधिहरूमा पूर्णरूपमा संलग्न र केन्द्रित रहन मद्दत गर्छ।

समय बिताउने नयाँ उपाय सोच्ने
फोनमा बिताउने समय घटाउँदा, त्यो समयलाई अन्य कुन तरिकाले भर्ने भन्नेमा ध्यान दिनुपर्छ। आफूलाई रुची लाग्ने कुराहरूमा व्यस्त हुने । कुनै कुरा बनाउने, रङ भर्ने, ध्यान/योग, पुस्तक पढ्ने जस्ता कुरामा समय लगाउन सकिन्छ ।

प्राथमिकता निर्धारण गर्ने
डिभाइसहरू चलाउँदा आफ्नो प्राथमिकता के हो त्यसमा मात्रै फोकस हुने, समाजिक सञ्जालमा आफूसँग खासै सरोकार नभएका व्यक्तिलाई हटाउन सकिन्छ । कसैले बिनाकारण समय लिइरहेको छ भने त्यसलाई बेवास्ता गर्ने बानी गर्नुपर्छ ।

स्क्रिन समयलाई सकारात्मक रूपमा प्रयोग
स्क्रिन समय सीमित गर्नुको अर्थ पूर्णरूपमा हटाउनु होइन। स्क्रिन समयलाई सकारात्मक रूपमा प्रयोग गर्ने धेरै तरिकाहरू छन्, जस्तै प्रियजनहरूसँग भिडियो च्याट गर्ने वा साथीहरूसँग एकसाथ चलचित्र हेर्ने।