+

उचाई कुन उमेरसम्म बढ्छ ?

जिनमा निर्भर

हामी कति अग्लो हुन्छौं भन्ने कुरा जिनमा निर्भर हुन्छ। उचाई ह्युमन ग्रोथ हर्मोनका कारण मांसपेशी र हड्डीको वृद्धि हुने गर्छ ।

कुन उमेरसम्म उचाइ बढ्छ ?

उचाइ बढ्ने अधिकतम उमेर २१ वर्षसम्म हो । केटी महिनावारी हुनुभन्दा अघि र केटा दाह्री जुँगा पलाउनुअघि हलक्कै बढ्छन् । त्यसपछि भने उचाइ अलि अलि मात्र बढ्छ।

Advertisement

कसरी बढाउने उचाइ ?

सुतेको बेला उचाइ बढ्छ। यो बेला मन शान्त हुने र गहिरो निद्रा पर्दा ह्युमन ग्रोथ अधिक मात्रामा स्राव हुन्छ । हरियो सब्जी,  प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम र भिटामिन डीयुक्त खाना सन्तुलित मात्रा खाएमा उचाई बढ्छ।

उमेरअनुसार उचाइ नबढ्दा के छ उपचार ?

बच्चाको उचाइ उमेरअनुसार बढेको छैन भने त्यसको कारण पत्ता लगाउनुपर्छ । ग्रोथ हर्मोनको कमीले गर्दा बच्चाको उचाइ बढेको छैन भने ग्रोथ हर्मोन दिन सकिन्छ ।