भ्रम : गर्भनिरोधक चक्की सेवन गरे यौन प्रसारित रोग सर्दैन ।
अस्थायी साधन जस्तै, चक्की, कपरटी, तीनमहिने सुई, नरप्लान्टले एचआईभी जस्ता रोगलाई रोक्न सक्दैन । मात्र गर्भमा सन्तान बस्नबाट रोक्न सकिन्छ ।
भ्रम : दोब्बर कण्डम, दोब्बर सुरक्षा।
दुईवटा कण्डम एकै पटक लगाउँदा दोब्बर सुरक्षा हुने कतिपयको बुझाइ छ। धेरै कण्डम प्रयोग गर्दा घर्षण हुँदा चापले कण्डम फुट्ने थप जोखिम बढाउँछ।
Advertisement
भ्रम : शौचालयबाट पनि यौन रोगको जोखिम ।
यौन रोगका भाइरस मानव शरीर बाहिर लामो समयसम्म बाँच्न सक्दैन। शौचालय सीटहरू जस्तै सतहहरूमा छिट्टै मर्छन् । जसकारण शौचालयबाट भाइरसहरुको संक्रमण सर्न सक्दैन।
भ्रम : यौनरोगको कुनै उपचार छैन।
यौनरोगको उपचार सम्भव छ । तर पूर्णरुपमा सबै रोग निको हुन्छ भन्न सकिंदैन ।
भ्रम : यौनरोग यौन सम्पर्क नगरेसम्म सर्दैन।
यौन सम्पर्क मात्र यौन रोगको कारक होइन । मुख मैथुन, एकअर्काको यौनाङ्ग स्पर्श गर्ने र यौन खेलौना साटासाट र सुईको गलत प्रयोगबाट पनि सर्न सक्छ ।