+

यी छ कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

गहिरो निद्रा

जीवन र मस्तिष्कको कामकाज उत्कृष्ट बनाउन निद्राको गुणवत्ताले महत्वपूर्ण भूमिका खेल्छ । राम्रो वा गहिरो निद्राले मस्तिष्कलाई ताजा र चुस्त राख्न सहयोग गर्छ ।

व्यायाम

व्यायामले मस्तिष्कमा रक्त प्रवाह बढाएर डिप्रेसन घटाउँछ, स्मरण शक्ति सुधार्छ र सिकाइ छिटो पार्छ। ‘सेरोटोनिन्’ र ‘डोपामाइन’जस्ता हर्मोनको उत्पादन बढाउँछ । यी हर्मोनले दुखाइ,पीडा कम गर्ने, तनावमुक्त र आनन्द अनुभूति गराउँछ।

Advertisement

कफी

कफी पिउँदा पनि मस्तिष्कको कार्यसंचालन राम्रो हुन्छ । कफी पिउँदा मस्तिष्कको तन्तुहरू सक्रिय भएको र फुर्तिलो भएको अनुभव समेत हुन्छ।

केही अरु खानेकुरा

च्याउ, डार्क चकलेट, दालचिनी जस्ता केही प्रकारका खानेकुराले पनि मस्तिष्कको कार्यक्षमतामा सुधार ल्याउँछ ।

श्वासप्रश्वासको अभ्यास

श्वासप्रश्वासको अभ्यास अथवा ब्रिदिङ्ग अभ्यासको क्रममा सम्पूर्ण ध्यान सास नियन्त्रणमा हुन्छ। यस्तोमा नियमित अभ्यासले मानसिक एकाग्रता बढ्छ र मस्तिष्कले सक्रिय रूपमा काम गर्न थाल्छ।