+

आयुर्वेदमा उल्लेख छ तुलसीको यी गुण

तुलसी एक पवित्र तथा बहुउपयोगी औषधीय वनस्पति हो, जुन हिन्दू धर्ममा अत्यन्तै श्रद्धा र सम्मानका साथ पुजिन्छ ।

यसको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय पक्ष र वैज्ञानिक दृष्टिले गहिरो महत्व छ । यसको प्रयोग पूजा(पाठदेखि, औषधि उपचारसम्म गरिन्छ ।

Advertisement

आयुर्वेदमा तुलसीलाई ‘जडीबुटीको रानी’ मानिन्छ । यसमा एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफंगल र एन्टिअक्सिडेन्ट गुण हुन्छन् ।

ज्वरो, खोकी, रुघा, दम, टन्सिल, टाउको दुखाइ, पेटसम्बन्धी रोग लगायतका थुप्रै रोगको उपचारमा तुलसी प्रयोग गरिन्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तुलसीले वातावरणमा अक्सिजन उत्सर्जन गर्ने मात्र नभई हानिकारक जीवाणु र विषाणुहरूको नाश गर्न मद्दत गर्छ ।

घरको आँगनमा तुलसीको मठ घरबाट निस्कँदा दाहिने तर्फ राख्नु बढी राम्रो मानिन्छ, साथै अन्य स्थान झ्याल वा छतमा पनि राख्न सकिन्छ ।

तुलसीको पात चपाउँदा तनाव कम हुने, चित्त शान्त हुने र ध्यानमा केन्द्रित हुन सहयोग पुग्ने अध्ययनहरूले देखाएका छन्