
दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित बनाई मुटुको कार्यलाई सहज पार्छ ।

मनतातो पानी पिउनाले दिसा सहजरुपमा बाहिरिन मद्दत गरी कब्जियतबाट छुटकारा मिल्छ। जोर्नीको दुखाई पनि कम भई हड्डी मजबुत बनाउन सहयोग गर्छ ।
Advertisement

पानी पिउँदा न्यूनतम २४ प्रतिशतले मेटाबोलिजमलाई वृद्धि गर्छ। जसको अर्थ हामीले चाडो र प्रभावकारी रुपमा खाना पचाउन सक्छौं। यसले छोटो समयमा नै तौल घट्न पनि सहयोग पुग्छ।

मनतातो पानी पिएमा हाम्रो अल्छिपना हराउँछ। रगतका रक्त कोषिकालाई चाँडो बढ्न मद्दत पुग्छ। जति धेरै कोषिकाको वृद्धि हुन्छ त्यति धेरै शरीरमा अक्सिजन प्रवाह भै उर्जा मिल्छ।