+

कालो कि हरियो, कुन अंगुर बढी फाइदाजनक ?

बजारमा अहिले फलफूलमा सबैभन्दा बढी विक्री हुने फल हो, अंगुर । अंगुर पनि हरियो र कालो गरी दुई थरिका हुन्छन । यी दुईबीच रङको मात्र फरक छ, कि गुणमा पनि, आउनुहोस् जानौं ।

दुई थरिका अंगुरनै स्वास्थ्यका लागि फाइदाजनक छ । तर, फाइदा भने केहि फरक छन ।

Advertisement

कालो अंगुरमा एन्टीअक्सिडेन्ट पर्याप्त हुन्छ । जुन मुटु र छाला स्वास्थ्यका लागि फाइदाजनक छ । यसले कोषिकालाई हुने क्षतिबाट पनि बचाउँछ ।

यसमा हुने पोलीफेनल्सले रक्तचाप कम गर्ने र ब्याड कोलेस्ट्रोललाई कम गर्छ।

यसमा पाइने लयुटिन र ज्याक्सेथिनले आँखाको ज्योति बढाउँछ ।

यता, हरियो अंगुरमा फाइबरको मात्रा बढी हुन्छ । जसले पेट र अनुहारलाई स्वस्थ राख्छ ।

भिटामिन के र म्याग्नेशियम बढी हुने हुँदा हरियो अंगुर खाँदा हड्डी र मांसपेशी बलियो हुन्छ ।

कुन मिठो ?

तुलान्तामक रुपमा कालो अंगुर बढी गुलियो र रसिलो मिठो हुन्छ। हरियो अंगुर अलि अमिलो हुनसक्छ ।