
मस्त निदाएर बिहान उठ्दा शरीर फूर्तिलो र ऊर्जावान् हुनुपर्छ । तर कतिपयले यसको साटो शरीर बोझिलो भएको, दुखाई भए जस्तो, आलस्य र थकान भइराख्ने महसुस गर्छन् । यस्तो किन हुन्छ त ?

तनावको असर
बढी तनाव लिंदा कोर्टीसोल हर्मोनको उत्पादन बढ्छ । जसले मांसपेशीमा दुखाई बढेको अनुभव हुनसक्छ । यसलाई कम गर्न ध्यान र योग गर्नु फाइदाजनक हुन्छ ।
Advertisement

सुताई नमिल्नु
सुताईको आसन नमिल्दा शरीरको सन्तुलन मिल्दैन । जसले शरीरको भागहरुमा असामान्य दवाव पर्छ ।

भिटामिन डीको कमी
भिटामिन डी र क्याल्सियमको कमीले बिहान देखि नै उर्जाको कमी गराउन सक्छ । यसले जिउ गल्ने र ताजा अनुभव हुन पाउदैन ।

तौल बढ्नु
अत्याधिक तौल बढ्दा मांसपेशी र जोर्नीमा दवाब बढ्छ । जसले दुखाइ बढ्ने र शरीर बोझिलो अनुभव हुनसक्छ ।