
के राति फलफूल खाँदा कुनै हानि गर्छ त ?
दिनभरको कामले शरीरलाई थकाइ लागेजस्तै पाचन अंगहरुलाई पनि थकाइ लाग्छ ।सूर्यास्तपछि फलफूल वा अन्य खानेकुरा खाँदा मुटु र कलेजोलाई धेरै भार पर्छ ।

कहिले खाने ?
फलफूल खाने उत्कृष्ट समय बिहान हो भने दिउँसो खाँदा पनि फाइदाजनक नै हुन्छ । अम्लीय वर्गको फलफूल बिहान सेवन गरेमा शरीरको प्रतिरोधी क्षमता बढाउँछ । शरीरका विषाक्त तत्व निकाल्न सहयोग गर्छ ।

कसरी खाने ?
फलफूलमा प्राकृतिक रुपमा नुन हुने भएकाले त्यत्तिकै खाँदा हुन्छ । फलफूलमा पाइने फाइबर नष्ट हुन नदिन सकेसम्म जुस बनाएर नखानु राम्रो हुन्छ ।

कस्तो फलफूल खाने ?
प्राकृतिक रुपमा उत्पादन भएको मौसमी फलफूल खानुपर्छ । कोल्ड स्टोरमा राखिएको वा प्रशोधित गरिएका फलफूल खानु त्यति स्वास्थ्यवर्द्धक मानिंदैन ।

कति खाने ?
जुनसुकै खानेकुरा भोक लागेमा मात्रै खानुपर्छ । फलफूल पनि भोक लागेको बेलामा मात्रा मिलाएर दिनको दुईपटकसम्म खान सकिन्छ ।

फलफूलसँगै अन्य खानेकुरा खाने कि नखाने ?
खानेकुरा खाने बेलामा पहिला सलाद र फलफूल खानुपर्छ । त्यसपछि अन्य कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थको सन्तुलन मिलाएर खानुपर्छ ।
तर अन्य खानेकुरा सुरुमा खाने र अन्तिममा फलफूल वा सलाद खाँदा पेट फुल्ने, अपच जस्ता समस्या हुन्छ।