
सुक्खा खोकी
कुनै कारणले श्वासप्रश्वास प्रणाली सुन्निएमा सुक्खा खोकी लाग्छ । यो खोकीको लागि डेक्सट्रोमेथोरफानयुक्त सिरप प्रयोग गर्न सकिन्छ । जसले मस्तिष्कमा रहेको खोकी गराउने केन्द्रलाई दबाएर खोकीबाट राहत दिन्छ ।

खकारसहितको खोकी
फोक्सोमा जमेर खकार बसेको छ भने खकारसहितको खोकी आउँछ। खकारलाई राम्रोसँग निकाल्न गुवाईफेनेसिन मिश्रण भएको सिरप लिनु पर्छ ।
Advertisement

घ्यारघ्यारसहितको खोकी
दम वा खोकी हुँदा घ्यारघ्यार आउँछ भने श्वासनली खुम्चिएको बुझ्नुपर्छ । यसलाई खुलाउन टरबुटालिन र ब्रोमहेक्जिनयुक्त सिरप चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ ।

कति अवधिसम्म खान सकिन्छ ?
कति अवधिसम्म यस्ता औषधि खान सकिन्छ भन्ने कुरा खोकीको लक्षण र रोगको आधारमा खानुपर्छ । त्यतिमात्र होइन उमेर, तौलअनुसारको मात्रा पनि सबैलाई एकै किसिमको नहुनसक्छ ।