+

कुकुरले टोक्नसाथ के गर्ने ?

सफा पानीले पखाल्ने

कुकुरले टोक्ने बित्तिकै नजिकैको बगिरहेको धाराको पानीले १५ मिनेट जति पखाल्नु पर्छ । त्यसपछि नजिकैको अस्पताल वा स्वास्थ्य चौकी जाँदा उचित हुन्छ ।

रेबिजको खोप लगाउने

कुकुरले टोके पछि केहि हुँदै भनेर चुप लागेर बस्नु हुँदैन । पायक पर्ने अस्पतालमा गएर रेबिजको खोप लगाउनुपर्छ । रेबिजको सट्टा अन्य खोप लगाउनु हुँदैन ।

Advertisement

कति अवधिसम्म रेबिजको खोप लगाइसक्नुपर्छ ?

जति छिटो खोप लगायो त्यति छिटो काम गर्ने हुँदा तुरुन्त लगाउनु उचित हुन्छ । कुनै कारणवश ढिला हुँदा पनि थाहा पाउने बित्तिकै वा खोपको उपलब्धता हुने बित्तिकै लगाउनुपर्छ ।

कति पटक लगाउने ?

खोप लगाउने मासुमुनि र छालामुनि रोजाई अनुसार लगाउन सकिन्छ । मासुमुनि लगाउने खोप पहिलो दिन त्यसपछिको तीन, सात र चौध दिनमा दिइन्छ । छालामुनि लगाउने खोप पहिलो खोप लगाएको तीन दिन र सात दिनको दिन लगाइन्छ ।

खोप सुरु गरेर बीचमा लगाउन छुटे के हुन्छ ?

सुरुको खोप लगाइसकेपछि तोकेको समयमा अर्को खोप लगाउन छुटेको खण्डमा खोपले गर्ने काममा दखल पर्ने हुँदा तोको अवधिमा नछुटाई लगाउनुपर्छ ।

घरपालुवा कुकुरले टोकेमा खोप लगाउनुपर्छ ?

घरपालुवा कुकुरबाटै टोके पनि खोप लगाउनु पर्छ । किनकी घरमै पाले पनि २४ घण्टामा कुकुर अन्यन्त्र डुल्दा अन्य कुकुरसँग झडप भएर संक्रमित हुनसक्छ ।