+

असार १५ मा दही चिउरा : मानो खाएर मुरी उब्जाउने बेला

असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही-चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर–घरमा दही चिउरा खाइन्छ ।

सबैलाई थाहा छ, असार पन्ध्रमा दही–चिउरा खानुपर्छ । दही–चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ?

Advertisement

मानो खाएर मुरी उब्जाउने सिजन

हाम्रो मुलुक कृषिमा आधारित छ । धेरैजसोको जीवन खेतीकिसानीमा बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नवाली लगाउँछन् । अतः असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन । यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । अन्न बाली लगाउनका लागि यो नै अनुकुल मौसम हो ।

छिटो–मिठो परिकार

कामको चटारो हुने भएकाले यतिबेला किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । दही–चिउरा तयारी परिकार हुन् । यसलाई पकाइरहनु पर्दैन । दही चिउरा बनाउन समय लाग्दैन । त्यसैले काममो हतारोबीच दही चिउरा उपयुक्त हुन्छ, नास्ताको लागि । दही चिउरा मिठो पनि हुन्छ । सर्बप्रिय परिकार हो यो ।

स्वस्थ्यवद्र्धक

वर्षायाममा दही चिउरा सेवन गर्नुको सम्बन्ध स्वास्थ्यसँग पनि छ । वर्षायाममा खानेकुराको माध्यमबाट संक्रमण सर्ने भय हुन्छ । यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दुषित बनाउन सक्छ ।

यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने सम्भावना रहन्छ ।

दही–चिउरामा त्यस्तो संक्रमणको भय हुँदैन । यसलाई पकाउन नपर्ने भएकाले छिटो हुन्छ, बनाउन सजिलो र छरितो हुन्छ । स्वस्थ्यवद्र्धक पनि हुन्छ ।

सीतल र सुपाच्य खानेकुरा

दही पाचन यन्त्रका लागि निकै उपयोगी पेय मानिन्छ । दहीमा भएका ब्याक्टेरिया पाचन प्रक्रियामा सघाउ पु¥याउँछ । त्यसैगरी, गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्छ ।

त्यसो त दहीमा कार्बोहाइड्रेट, भिटामिन 'बी', 'सी' हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ । एक हिसाबले भन्ने हो भने दही स्वादिलो पेय मात्र नभएर औषधी पनि हो ।