+

धेरै सुत्ने बानी छ ? हुनसक्छ यी ५ समस्या

मोटोपन

दैनिक ९ देखि १० घण्टा भन्दा बढी सुत्दा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ । यसले पाचनसम्बन्धी समस्या पनि हुनसक्छ ।

मधुमेह

हाम्रो शरीरले लामो समयसम्म कुनै शारीरिक गतिविधि नगर्दा शरीरमा ग्लुकोजको स्तर बढ्न थाल्छ। इन्सुलिनको संवेदनशीलतामा नकारात्मक असर परी टाइप – २ मधुमेहको जोखिम बढाउन सक्छ ।

Advertisement

ढाड दुख्ने समस्या

लामो समयसम्म सुत्दा ढाड दुख्ने, काँध र घाँटीको दुखाइ हुनसक्छ । धेरैबेर सुत्दा शरीरमा रक्तसञ्चार राम्रोसँग हुन नपाई शरीर दुख्ने समस्या सुरु हुन्छ ।

डिप्रेसन

लामो समय सुत्ने व्यक्ति अल्छी र सुस्त हुन्छन् । शरीरमा उर्जा हुँदैन । कुनै काम गर्न मन लाग्दैन । व्यक्तिमा बिस्तारै डिप्रेसनको समस्या निम्तिन सक्छ ।

मुटु रोग

लामो समय सुत्दा मुटुरोगको जोखिम बढ्छ । केही अध्ययनअनुसार आठ घण्टाभन्दा बढी सुत्ने मानिसमा हृदयघात र पक्षघातको जोखिम बढी हुन्छ ।