+

निद्रामा हिड्ने र बोल्ने बानी छ ?

कोही किन निद्रामा बोल्ने र हिड्ने गर्छन ? यो कतिको सामान्य हो ? कुनै मानसिक समस्या त होइन ?

यो सामान्य कुरा हो । तर, यस्तो किन हुन्छ त ? यस पछाडीको कारण भने रोचक छ ।

Advertisement

गहिरो निद्रामा रहँदा निद्रामा बोल्ने र हिड्ने समस्या हुन्छ । बच्चामा सबैभन्दा बढी यो समस्या देखिन्छ । किनकी निद्राको चक्रलाई राम्रोसँग उनीहरुको मस्तिष्कले नियन्त्रण गर्न नसक्ने हुन्छ ।

जब दिमाग अत्याधिक तनावले ग्रस्त हुन्छ वा अत्याधिक थाकेको हुन्छ । तब निद्रामा बोल्ने वा हिड्ने समस्या हुनसक्छ ।

यो समस्या वंशाणुगत पनि हुनसक्छ । परिवारमा पहिला यो समस्या थियो भने सन्तानमा पनि हुनसक्ने सम्भावना हुन्छ ।

मस्तिष्कमा ब्युझिने र निदाउने चक्र हुन्छ । त्यो चक्रमा गडबड हुँदा पनि यो समस्या हुनसक्छ ।

औषधिको असर

यो समस्या केहि औषधि नियमित लिँदा पनि हुनसक्छ ।

जोखिम पनि हुनसक्छ

यो बानी भएकोले राति भर्याङ्ग चढ्ने, बाहिर जाने वा अध्याँरोमा नदेख्दा लडेर गम्भीर चोट लाग्न सक्छ ।

समाधान के त ?

यसको समाधान भनेको दिनचर्या अनुकुल बनाउने हो ।  स्क्रिन टाइम कम गर्ने, अवेरसम्म नबस्ने, तनाव नियन्त्रणमा राख्ने, व्यायाम गर्ने र स्वस्थ खानपान गरेमा यो समस्या कम हुनसक्छ ।