
वेदअनुसार सृष्टि पाँच तत्व जल, पृथ्वी, अग्नि, वायु र आकाश मिलेर बनेको छ । यी तत्वलाई पंचतत्व भन्ने गरिन्छ ।

सृष्टि संचालन
वेदको अनुसार सिंगो सृष्टि पंचतत्वले बनेको छ । यी तत्व ब्रमाण्ड र शरीरकै मूल आधार हो । यसले नै जीवन उत्त्पति र त्यसको संचलान गर्छ ।
Advertisement

शरीर र तत्वको सम्बन्ध
मानव शरीर पन्चतत्वको नै योग हो । शरीरमा यी तत्वका सन्तुलन स्वास्थ्यको संकेत हो । यसको असन्तुलन हुनु भनेको रोग लाग्नु बुझिन्छ ।

यज्ञमा पाँच तत्वको पूजा
वैदिक यज्ञमा अग्नि, वायु, जल र आकाशको उपस्थिति अनिवार्य मानिन्छ । यज्ञले वातावरण शुद्ध बनाउने विश्वास छ । यी तत्वलाई देवताको माध्यम पनि मानिन्छ ।

ध्यान र साधनामा पनि
ध्यान र साधनाले यी तत्वमा नियन्त्रण गरी आत्मा शुद्ध हुने विश्वास छ । यसले नै मोक्ष प्राप्ति तर्फमा अग्रसर गराउँछ ।

प्राकृतिक सन्तुलनको प्रतीक
पाँच तत्वको सन्तुलन भएमा पर्यावरण पनि सुरक्षित रहन्छ । वेदले प्रकृतिलाई भगवान स्वरूप मानेको छ ।