+

‘टक्सिक’ सहकर्मीबाट कसरी बच्ने ?

कहिलेकाहीं कार्यस्थलमा टक्सिक वातारवरण भयो भने झेल्न मुस्किल हुन्छ  । यस्तो वातावरण हुनुको पछाडी सहकर्मीको व्यवहार हो भने कसरी सामना गर्ने त ?

सीमा तय गर्ने

यस्तो सहकर्मीसँगै काम गर्न पर्ने अवस्था भएमा सिमीत मात्रामा कामसँग सम्बन्धित कुरा मात्र गर्नु उचित हुन्छ  । उसको नकारात्मक कुरामा सहभागी हुने र प्रतिक्रिया दिने कुराबाट टाढा रहनुपर्छ ।

Advertisement

शान्त रहने

उनीहरुको क्रियाकलापमा रिसाउने वा प्रतिक्रिया दिने नगर्ने  । शान्त रहंदा अवस्था राम्रोसँग सम्हाल्न सकिनेछ  ।

प्रमाण राख्ने

यदी उनीहरुको व्यवहारले समस्या दिइरहेको छ भने समय सहितको घटनाको विवरण रेकर्ड गर्ने वा लेखेर राख्न सकिन्छ  । आवश्यक पर्दा प्रमाणको रुपमा पेस गर्न सकिन्छ  ।

कुरा राख्ने

यदी सहन नसक्ने खालको अवस्था खराब नै भैसकेमा एकपटक कार्यालयको एचआर वा म्यानेजरसँग कुरा राख्ने  । उनीहरुले समस्या समाधान गर्न सक्छन  ।

आफ्नै व्यवहारमा ध्यान दिने

उनीहरुको व्यहारमा नियन्त्रित गर्न कठिन हुन्छ । तर, आफ्नो व्यवहारमा भने पक्कै ध्यान दिन सकिन्छ । सकारात्मक रहने र आफ्नो काममा ध्यान दिने र वरपर चलिरहेको अनावश्यक कुरामा ध्यान दिनबाट बच्नु उचित हुन्छ ।

सहयोग लिने

यदी अर्को सहकर्मी पनि त्यस्तै व्यवहारबाट आजित भएको छ भने उनीहरुसँग कुरा गरेर कसरी सामना गर्ने त्यो बारे सोच्न सकिन्छ ।