चाहे आफ्नो व्यवसायको प्रवर्धन गर्न होस् अथवा के गरिरहेको छु भन्ने सामान्य जानकारी दिन, टिकटक भरपर्दो प्लेटफर्म बन्दै गइरहेको छ ।
टिकटकमा प्रयोगकर्ताले आफूले बनाउने कन्टेन्टको आधारमा पैसा पाउन सक्छन् । यो प्लेटफर्म नेपालमा मात्र नभएर विश्वभरी नै उत्तिकै प्रख्यात छ । केही यसबारे रोचक तथ्य..
१. मासिक सक्रिय प्रयोगकर्ता दुई अर्बमाथि
सामाजिक सञ्जालहरूको निगरानी गर्ने प्लेटफर्महरूका अनुसार हाल टिकटकको मासिक सक्रिय प्रयोगकर्ता दुई अर्बमाथि छन् । जुन सामाजिक सञ्जालको इतिहास अत्यन्तै छिटो समयमा प्राप्त भएको रेकर्ड हो ।
छोटो, मनोरञ्जनात्मक, सहज पहुँचयोग्य भिडियोका कारण टिकटकले आफ्ना प्रयोगकर्तालाई बाँधेर राख्न सक्छ । प्रयोगकर्ताको संख्या बढ्नुमा यही नै मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।
२. चार अर्बभन्दा धेरैपटक डाउनलोड
टिकटक प्रमुख मोबाइल अपरेटिङ सिस्टमहरू (आईओएस र एन्ड्रोइड) दुवैमा उपलब्ध छ । प्रयोगकर्ताहरूले यहीँ प्लेटफर्ममार्फत आफ्नो मोबाइल फोनमा टिकटक डाउनलोड गर्छन् ।
हालसम्म टिकटक सबै अपरेटिङ सिस्टमहरूमा गरेर चार अर्ब पटकभन्दा धेरै डाउनलोड गरिएको बताइन्छ । जुन कुनै पनि एपका लागि दुर्लभ उपलब्धि हो ।
अझ रोचक कुरा के छ भने सन् २०२० को दशकमा सबैभन्दा धेरै डाउनलोड गरिने एपहरूको सूचीमा टिकटक सातौँ स्थानमा परेको थियो । यसको कारण भनेको टिकटक २०१६ मा मात्र रिजिल हुनु हो ।
३. वयस्क उमेरका प्रयोगकर्ता
टिकटक सुरुदेखि नै वयस्क उमेरका प्रयोगकर्ताबीच लोकप्रिय बन्न गयो । जुन आजसम्म पनि कायम नै छ । तथ्याङ्कमा नै कुरा गर्दा सन् २०२२ मा मात्र अमेरिकामा २५ देखि ३४ वर्ष उमेर समूहका प्रयोगकर्ताहरू टिकटकको कुल प्रयोगकर्ताको २५.४ प्रतिशत थियो ।
अहिले यही उमेर समूहको प्रयोगकर्ता टिकटकमा धेरै छन् । यो उमेर समूह जो कुनै पनि विज्ञापनदाताका लागि अत्यन्तै महत्वपूर्ण उपभोक्ता वर्ग हो ।
४. ‘इन्गेजमेन्ट रेट’ सबैभन्दा उच्च
‘इन्गेजमेन्ट रेट’ भनेको प्लेटफर्ममा प्रयोगकर्ताले कति समय बिताउँछन् भन्ने हो । अपफ्लुएन्सका तथ्यांक अनुसार टिकटकको ‘इन्गेजमेन्ट रेट’ अन्य प्रमुख सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक, युट्युबभन्दा धेरै गुणाले बढी छ ।
अझ टिकटकका इन्फ्लुएन्सरहरूले १८ प्रतिशतसम्म ‘इन्गेजमेन्ट रेट’ रेट पाउँछन् । जुन डिजिटल मार्केटिङका लागि असाध्यै राम्रो हो । यसकारण आजकल सानाठूला सबै ब्रान्ड टिकटकमा विज्ञापन गर्न लागि परेका छन् ।
५. दैनिक प्रयोगको समयमा निरन्तर उकालो
उच्च ‘इन्गेजमेन्ट रेट’ हुनुका साथै टिकटकमा प्रयोगकर्ताहरू बिताउने औसत समय पनि बढिरहेको तथ्याङ्कहरूले देखाउँछ । एआईमा आधारित ‘फोर यू पेज’ले प्रयोगकर्तालाई त्यस्ता कन्टेन्टहरू बढी सुझाउँछ, जुन उनको रुचिको विषय हो ।
यसकारण टिकटकको एल्गोरिदमको चर्चा विश्वभर हुने गरेको छ । किनकि टिकटकमा छोटाखालका सामग्रीहरू बढी पाइन्छन् । जुन हेर्दा छोटो देखिन्छ । तर, त्यसले थाहै नपाइ लामो समय लिइरहेको हुन्छ ।
६. १ सय ५४ देशमा टिकटक
कतिपय देशहरूमा प्रतिबन्धमा परेता पनि आजको समयमा टिकटक १५४ देशहरूमा उपलब्ध छ । छिमेकी देश भारतमा समेत टिकटक प्रतिबन्ध छ । तर, अरु देशहरूमा यो खुल्ला छ ।