+

मधुमेहले मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

मधुमेहलाई नियन्त्रण गर्नुपर्छ । यही व्यवस्थापन तथा नियन्त्रण दिनहुँजसो गरिरहनु व्यक्ति हैरान हुनसक्छ । यी चुनौतीहरूले गर्दा व्यक्ति निराश, चिन्तित वा अवसादमा पर्न सक्छन् ।यस्तो झन्झटिलो प्रक्रियाबाट छुट्कारा नहुने चिन्ताले उनीहरूलाई सताउन सक्छ ।

उनीहरुमा शारीरिक हल्का लक्षण देखियो भने मधुमेह बढेर केही पो भइहाल्ने हो कि, यो खानेकुरा खाँदा मधुमेह बढ्न सक्छ, कति खाइरहने दिनकै यस्ता औषधि भन्ने जस्ता चिन्ता भइरहने हुनसक्छ ।

Advertisement

यस्तो चिन्तालाई चिकित्सकले मधुमेह सम्बन्धित चिन्ता अर्थात् 'डायबिटिज रिलेटेड डिसट्रेस' र 'डायबिटिज वर्नआउट'को नाम दिएका छन् । यही चिन्ताले अत्यधिक सोचेर डिप्रेसनमा समेत मानिस पुग्न सक्छ ।

त्यस्तै, हाम्रो मुडसँग उच्च र निम्न ब्लड सुगर वा ग्लाइसेमिकबीच सम्बन्ध हुन्छ । खराब ग्लाईसेमिक नियमनको लक्षण मानसिक स्वास्थ्यको लक्षण जस्तै, झर्को लाग्नु, अत्यधिक चिन्ता हुने लक्षणसँग मिल्दोजुल्दो छ । किनकि हाम्रो मस्तिष्क ग्लुकोजको आधारमा चल्छ ।

ब्लड सुगर कम हुँदा एन्जाइटी, कुनै कुराको भय र भ्रम उत्पन्न हुने हुन्छ । ब्लड सुगर उच्च हुँदा उसलाई भोक नलाग्ने, समन्वय शक्ति तथा एकाग्रताको क्षमता, निर्णय लिनुमा कठिनाइ, आक्रामक स्वभाव, अधैर्यता र निद्रा नआउने जस्ता लक्षण अनुभव हुन्छ ।

मानसिक रूपमा समस्या भइरहेको छ भने चिकित्सकलाई बताउनुपर्छ । ताकि, चिकित्सकलाई मधुमेह र मानसिक स्वास्थ्यमा परेका प्रभावलाई ध्यानमा राखी दुवै समस्याको समग्र रूपमा मूल्यांकन गर्न सहन होस् ।

अनियन्त्रित मधुमेहले मस्तिष्कलाई प्रभाव पार्ने भएकाले रगतमा ग्लुकोजको मात्रा नियमित रूपमा जाँच गर्नुपर्छ । ताकि, यसमा अचानक कुनै उतारचढाव नआओस्, जसकारण मानसिक स्वास्थ्य अवस्थाको सामना गर्नुपरोस् ।

सातदेखि आठ घण्टा सुत्नु र शारीरिक क्रियाकलापमा सहभागी भई आफूलाई शारीरिक रूपमा सक्रिय राख्दा रगतमा ग्लुकोजको मात्रा लगायत मानसिक अवस्था सुधार्न पनि मद्दत गर्छ । उचित निद्राले उच्च रक्तचाप नियमन गर्नुका साथै मुड बुस्टर पनि गर्छ ।