मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु कानुनीरूपमा अनिवार्य छ । सडक दुर्घटनामा ज्यान बचाउन पनि यो अत्यावश्यक छ । सुरक्षाको हिसाबले अत्यावश्यक हेल्मेट लगाउँदा कपाल झर्छ त ? धेरैको मनमा उठेको प्रश्न हो, यो ।
हेलमेट लगाउँदा कपाल झर्छ ?
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. विकास पौडेलका अनुसार कहिलेकाहीँ हेलमेटले टाउकोमा घर्षण पैदा गर्छ, जसले पसिना जम्मा हुन सक्छ । यसले टाउकोको छाला वा कपालको नजिकको छालालाई असर गर्छ ।
यदि हेलमेटभित्र फोहोर छ वा धेरै टाइट छ भने यसले कपालमा असर गर्छ । तर, हेलमेट कपाल झर्ने एकमात्र कारण होइन । नियमित रूपमा कपालको सफाइ र हेलमेटको भित्री भागको सफाइले कपाललाई नोक्सानबाट जोगाउन जोगाउने डा. पौडेल बताउँछन् ।
‘कपाल झर्नुको पछाडि हार्मोनल परिवर्तन, आनुवंशिकता र जीवनशैली पनि कारण हुन सक्छन्’ डा.पौडेल भन्छन्, ‘हालसम्म यस्तो कुनै ठोस प्रमाण छैन कि हेलमेटल लगाउनु मात्रै स्थायी रूपमा कपाल झर्ने कारण बन्छ।’
हेलमेटले सिधै कपाल झर्ने भन्ने हुँदैन, तर यसले अप्रत्यक्ष रूपमा कपाल झार्न भूमिका खेल्न सक्ने वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीको भनाइ छ।