+

७ खानेकुरा, जसले चिसो मौसममा शरीर न्यानो बनाउँछ

जाडो मौसममा रुघाखोकी तथा चिसोको समस्या हुन्छ । यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता कम घट्दछ र चिसो मौसममा हुने संक्रमणको जोखिम बढी हुन्छ ।

दालचिनी

दालचिनीले शरीरभित्रको चिसोलाई कम गर्छ र शरीरमा तापक्रम बढाउँछ । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।

Advertisement

ग्रिन टी

ग्रिन टी लाई शक्तिशाली एन्टीअक्सिडेन्ट भनिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइन्छ । दिनमा ३ कम ग्रिन टी पिउनाले रोग प्रतिरोधी क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ ।

च्याउ

च्याउमा पनि विभिन्न खाले पोषक तत्वका साथै औषधीय तत्व पाइन्छन् । यसलाई रोगप्रतिरोधी क्षमताको प्रवर्द्धक मानिन्छ । चिसोमा हुने भाइरसजन्य संक्रमणबाट जोगिन नियमित रुपमा च्याउको सुप खानु आवश्यक हुन्छ ।

लसुन

लसुनलाई आयुर्वेदमा पनि अचूक औषधिको रुपमा लिइन्छ र चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ ।

कलेजोलाई विषरहीत बनाउने तथा सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउनका लागि लसुनले सहयोग पूराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

मह

जाडो मौसममा हुने रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधिको रुपमा महको सेवन गर्ने गरिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ । महलाई दुधमा मिलाएर पिउँदा चिसो तथा संक्रमणबाट बच्न सकिन्छ ।

अदुवा

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरीरलाई हिट पनि प्रदान गर्छन् । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ । अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ ।

गाजर

क्यारोटमा बेटा क्यारोटिन तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । गाजरको नियमित सेवनले चिसोमा हुने विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ ।