+

खुट्टा सुन्निन्छ ? हुनसक्छ यी ६ रोगको संकेत

मुटुको समस्या

खुट्टा सुन्निनेसँगै राति सास फेर्न गाह्रो हुने, हिंड्दा स्याँ स्याँ हुने समस्या भएमा मुटुरोगको संकेत हुनसक्छ । २४ घण्टा नै रगत पम्प गरिरहेको मुटुमा कारणवश समस्या भई पम्प गर्न सकेन भने शरीरको तल्लो भागमा तरल पदार्थ जम्मा भई खुट्टा र औंलाहरू सुन्निन सक्छ ।

डिप भेन थ्रोमब्रोसिस

एउटा मात्र खुट्टा बारम्बार सुन्निरहन्छ भने रक्तनलीमा समस्या भएको संकेत हुनसक्छ, जसलाई डिपभेन थ्रोमब्रोसिस भनिन्छ । नसामा रगत जम्ने समस्या शरीरको जुनुसुकै भागमा हुनसक्छ ।

Advertisement

बाथ रोग

जोर्नीमा युरिक एसिड नामक क्रिस्टल (ढुंगा) जम्मा हुन्छ, जसले खुट्टामा अत्याधिक दुखाइका साथै सुन्निने समस्या हुन्छ ।

मिर्गौलामा समस्या

मिर्गौलामा सोडियम सही मात्रामा नपुगे राम्रोसँग आफ्नो कार्य गर्न सक्दैन । मिर्गौलाले काम गर्न नसके खुटटा सुन्निनुका साथै सास फेर्न कठिन हुनु, पिसाब कम लाग्नु, बिहान उठ्दा आँखा र मुख सुन्निन सक्छ ।

कलेजोमा समस्या

खुट्टा सुन्निएसँगै जन्डिस, चोटपटक लाग्ने, भोक नलाग्ने, पिसाबको रङ परिवर्तन हुने, शरीरमा ऊर्जाको कमी हुने जस्ता लक्षणहरू महसुस हुन्छ भने कलेजो समस्या भएको हुनसक्छ। ।

भेरीकोज भेन

भेरीकोज भेन अर्थात् नसा फुल्ने समस्या हुँदा पनि खुट्टा सुन्निछ । सबैभन्दा बढी खुट्टाको पन्जामा असर देखाउँछ । जसकारण खुटटा सुन्निने, दुख्ने र हेर्दा नसा मोटो आकारमा फुलेको देखिन्छ ।