+

पाँच संकेत, जसले शरीरमा आइरनको कमी भएको देखाउँछ

आइरनले शरीरमा पर्याप्त मात्रामा रातो रक्त कोषिकाहरु निर्माण गरी रगतमा भएको हेमोग्लोबिन नामक प्रोटिनको स्तर बढाउने काम गर्छ । जसको काम फोक्सोबाट अक्सिजन लिएर रगतको माध्यमबाट मानव शरीरका विभिन्न अंगहरुमा अक्सिजन पुर्‍याउने काम गर्छ ।

कुनै कारणवश शरीरमा आइरनको कमी भएमा शरीर कमजोर भै विभिन्न लक्षण देखिन्छ ।    

Advertisement

पहेँलो अनुहार

शरीरमा आइरनको कमी हुँदा अनुहार पहेँलो हुन्छ । अनुहारको रंग पनि उड्छ । प्रतिरोधक क्षमता कमजोर हुन्छ ।

कपाल झर्नु

यदि तिव्रताका साथ कपाल झर्न थाल्यो भयो भने आइरनको कमी भएको बुझ्नु पर्छ ।

मुटुको धड्कन

मुटुको धड्कन धेरै बढ्यो र सास फेर्न पनि गाह्रो हुनु पनि आइरनको कमी हुनुको संकेत हो । त्यस्तै खानापछि वान्ता हुनु पनि आइरन कमीका कारण हुन्छ ।

स्वाँ–स्वाँ हुनु

आईरनको कमी हुँदा स्वाँ–स्वाँ हुन्छ र सास फेर्न पनि गाह्रो हुन्छ । त्यसैले पर्याप्त मात्रामा तरकारीको सेवन गर्नु आवश्यक छ ।

थकान

भिटामिनको कमी हुँदा शरीरले विभिन्न समस्याको सामना गर्नु पर्छ । यदि शरीरमा आइरनको कमी भयो भने काम नगरि पनि थकानको महसुस हुन्छ ।