एचएमपीभी भाइरस के हो ?
एचएमपीभी जाडो र वसन्तमा सक्रिय भै श्वासप्रश्वासमा संक्रमण गर्ने खालको भाइरस हो ।
यो भाइरस वर्षौं पहिले चराबाट फैलिएको हो । तर त्यसयता यो भाइरसले बारम्बार आफूलाई परिवर्तन गरिरहेको छ।
सन् २००१ मा यो भाइरसको संक्रमण पहिलोपटक पुष्टि भएको बेला नै मानिसमा संक्रमण गर्न सक्ने र सबै उमेरका मानिसलाई सार्न सक्ने अनुमान गरिएको थियो ।
कसलाई बढी जोखिममा ?
यो भाइरसले सबैभन्दा बढी बालबालिका त्यसपछि वृद्धवृद्धा, दीर्घरोग भएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा पनि यसको जोखिम बढी हुन्छ ।
लक्षण
भाइरसले संक्रमण गरेमा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, थकान, खोकी लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । संक्रमण जटिल हुँदै गएमा ब्रोंकाइटिस वा निमोनिया पनि गराउनसक्छ ।
संक्रमण कसरी फैलिन्छ ?
खोकी र हाच्छियुँ गर्दा निस्कने थुकको कणबाट सो भाइरसले मानिसमा सरेर सङ्क्रमित गर्छ । हात मिलाउने, अंकमाल गर्ने र एक अर्कालाई छुँदा पनि फैलिन सक्छ ।
नेपालमा फैलिने जोखिम कति ?
नेपालका पहिले नै सो भाइरसको संक्रमण पुष्टि भइसकेको देखाएको छ । जसको परिणाम त्यति जटिल थिएन । तर भाइरसले स्वरूप परिवर्तन गरेको हो भने चिन्ताको विषय हुनसक्छ । तत्काल नेपालमा प्रवेश नगरेको र घातक परिणाम नआइसकेको कारण डराउनुपर्ने अवस्था भने छैन ।
कसरी बच्ने ?
जाडोयाममा यस्ता संक्रमणबाट बच्न भाइरसबाट सङ्क्रमित व्यक्ति वा कसैलाई रुघाखोकी लागेमा त्यस्ता व्यक्तिबाट टाढा रहने, खोक्दा वा हाच्छ्युँ गर्दा मुखमा रुमाल राख्ने,साबुन र पानीले राम्ररी हात धुनु पर्छ ।