+

गर्भावस्थामा ग्यास्ट्रिकले सतायो, के गर्ने ?

गर्भावस्थामा ग्यास्ट्रिक किन हुन्छ ?

प्रोजेस्टोरोन हर्मोनको गडबडले आन्द्रामा असर पार्ने र भ्रूणले ठाउँ लिंदा शरीरमा बढ्ने चापका कारण ग्यास्ट्रिक हुनसक्छ । कुनै खानेकुरा र औषधिको प्रतिक्रियाले पनि ग्यास्ट्रिक गराउन सक्छ ।

लक्षण

छाती पोल्ने, बान्ता हुने, अमिलो डकार आउने, पेट दुख्ने वा अप्ठ्यारो अनुभव हुने र हल्का डाइरिया हुने जस्ता लक्षण देखिन सक्छ ।

Advertisement

ग्यास्ट्रिक देखिए उपचार के हुनसक्छ ?

२४ घण्टासम्म अवस्था सामान्य भए केही औषधि गर्नु पर्दैन । समस्या बढ्यो भने चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । चिकित्सकले अवस्था हेरेर एन्टिएसिड औषधिको रुपमा डायजिनको झोल चलाउन सकिन्छ ।

के गर्ने ?

सुपाच्य खानेकुरामा बढी जोड दिने, सोडायुक्त, तारेको, मसालेदार खानेकुरामा कम गर्ने, सहज हुने खालका हलुका लुगा लगाउने र मनतातो पानीले नुहाउने गर्दा यो समस्या कम हुँदै जान सक्छ ।

ग्यास्ट्रिकले गर्भमा रहेको बच्चामा कुनै असर पार्छ ?

ग्यास्ट्रिक भएमा महिलालाई मात्र प्रभाव पार्छ । ग्यास्ट्रिकको प्रकृति अनुसारकै लक्षण देखिन्छ । तर गर्भमा रहेको बच्चामा भने यसको नकारात्मक प्रभाव पर्दैन ।