गुगलका सर्च इन्जिन तथा एन्ड्रोइड अपरेटिङ सिस्टम जस्ता सेवाहरुबाट संसारका धेरै मानिस लाभान्वित हुँदै आएका छन् । गुगलका यी धेरै लोकप्रिय सेवाहरु निःशुल्क रुपमा उपलब्ध छन् ।
तर, गुगल यस्तो कम्पनी हो जसले हरेक हरेक वर्ष ३ खर्ब डलरभन्दा धेरै रकम आम्दानी गर्छ । गुगलले प्रयोगकर्तालाई अधिकांश सेवा निःशुल्क उपलब्ध गराउँदा समेत यति धेरै आम्दानी कसरी गर्छ ?
अपरेटिङ सिस्टमबाट आम्दानी
विश्व बजारमा स्मार्टफोन अपरेटिङ सिस्टममा एन्ड्रोइडको हिस्सा करीब ८५ प्रतिशत रहेको छ । स्मार्टफोनमा मात्र होइन स्मार्ट वाच, ट्याबलेट तथा स्मार्ट टिभीमा पनि रहेको छ । स्मार्ट वाच, ट्याबलेट तथा स्मार्ट टिभीको अपरेटिङ सिस्टमका लागि गुुगलले कुनै शुल्क लिँदैन ।
तर गुगलले अपरेटिङ सिस्टमबाट मोटो कमाइ गरिरहेको हुन्छ । एन्ड्रोइडबाट गुगलले आम्दानी गर्ने प्रमुख स्रोत गुगल प्ले स्टोर, गुगल प्ले म्युजिक, गुगल प्ले बुक, गुगल प्ले गेम्स, गुगल प्ले मुभी एण्ड टिभी, गुगल प्ले न्युजस्टाण्ड रहेका छन् ।
विज्ञापन
गुगलको आम्दानीको मुख्य स्रोत विज्ञापन नै हो । हामीलाई थाहै छ कि गुगलले प्रयोगकर्तालाई धेरै विज्ञापन देखाएर राम्रो कमाइ गर्दछ । तपाईंले प्रायः स्मार्टफोन, ट्याबलेट तथा अन्य डिभाइसमा गुगलका कैयन् विज्ञापन देख्नुभएकै होला ।
धेरैले त यी विज्ञापनमा ध्यान दिँदैनौँ । तर गुगलले तिनै विज्ञापनबाट निकै राम्रो आम्दानी गरिरहेको हुन्छ । गुगलले आफ्नो सर्च इन्जिनका अलावा युट्युब तथा गुगल म्यापबाट समेत आम्दानी गरिरहेको हुन्छ ।
त्यस्तैै, गुगलले गुगल क्लाउड तथा गुगल ड्राइभ सब्सक्रिप्सनबाट पनि पैसा कमाउँछ । स्मरण रहोस् गुगलले आफ्नो नेभिगेसन सर्भिसका माध्यमबाट पनि मोटो रकम कमाएको हुन्छ ।