
शरीरमा हरेक क्षण रगत उत्पादन
शरीरले हरेक सेकेन्डमा कम्तीमा २० लाख रातो रक्तकोषिका उत्पादन गर्छ । यो शरीरको बोनम्यारोको स्टेम सेलबाट बन्छ । एक स्वस्थ मानिसले दैनिक करिब ४०० देखि २०० एमएल रगत उत्पादन गर्छ ।

रगतको काम
रगतले एउटै मात्र होइन धेरै काम गर्छ । धमनी, नसा र कोषिकाहरु मार्फत रगत शरीरको प्रत्येक कोषिकासँग जोडिएको हुन्छ । जब खाना खाइन्छ, पोषक तत्त्वहरू फिल्टर हुन्छन् र प्रत्येक कोषमा पुग्छन् ।
Advertisement

रगतको अन्य काम
यसले फोक्सोबाट अक्सिजन लिन्छ र यी कोषिकाहरुमा पुर्याउँछ । यसपछि यसले सबै हर्मोन, भिटामिन, एन्टिबडी, इलेक्ट्रोलाइट्स आदि तत्त्व त्यहाँ पुर्याउँछ । यति मात्र होइन रगतको कोषिकाले पनि तातो यताउता सार्ने गर्छ ।

शरीरमा रगतको कमी किन हुन्छ ?
शरीरमा रगत बन्ने नियमित प्रक्रियामा गडबड भएपछि रातो रक्तकोषिकामा कमी आउँछ । साथै शरीरमा न्युट्रिसियन डिफेन्सियसन कमी भएर पनि हुने गर्छ ।