+

जाडोमा कसरी स्वस्थ रहने ?

जाडोमा व्यायाम

जाडोमा एकै ठाउँ बसेर हिटर ताप्नु वा सिरकभित्र गुम्सिएर बस्नुभन्दा शारीरिक श्रम वा व्यायाम गर्नुपर्छ । व्यायामले शरीरलाई न्यानो मात्र होइन शरीर तन्दरुस्त र फुर्तिलो पनि बनाउँछ ।

घाममा बसौं

साँझ वा बिहानको मधुर घाममा बस्दा भिटामिन डि प्राप्त हुन्छ । भिटामिन डीले शरीरमा रोगसँग लड्ने र हड्डी मजबुत बनाउने काम गर्छ ।

Advertisement

मह र अदुवाको सेवन

जाडोमा मह र अदुवाको मिश्रण निकै उपयोगी हुन्छ । अदुवा मिसाएर तताएको पानीमा मह घोलेर खाँदा श्वासप्रश्वास समस्याहरु हटाउँछ । शरीरमा रगतको प्रवाह तथा प्रतिरोधक क्षमतालाई बढाउँछ ।

मन तातो पानीले नुहाउने

मनतातो पानीमा केहि मात्रामा नुन र तुलसीको पात राखेर नुहाउँदा शरीरमा चिसो लाग्दैन। रोगसँग लड्ने क्षमता बढाउँछ ।

खानपान

काजु, बदाम र पिस्ताले शरीरलाई तातो बनाइ राख्छ।फाइबरयुक्त खाना र पर्याप्त पानी पिउनाले कब्जियत हुन् दिंदैन ।