
स्ट्रेच मार्क कुन–कुन ठाउँमा आउँछ ?
शरीरको जुनसुकै भागमा आवश्यकता भन्दा बढी मासु लागेको ठाउँमा मसल तन्किएर राता र सेता धर्सा अर्थात् स्ट्रेच मार्क हुन्छ । विशेषत पेट, छाती, पाखुराको पछाडि, खुट्टाको भागमा राता र सेता धर्साहरू अर्थात् स्ट्रेच मार्क देखिन्छ ।

स्ट्रेच मार्क आउनु कुनै रोग हो ?
स्ट्रेच मार्क रोग होइन, यसले शरीरमा केही पनि हानि गर्दैन । यसले छालालाई बाहिरी रुपमा हेर्दा नराम्रो मात्र देखाउँछ । सुरुमा स्ट्रेच मार्कको रङ., बिस्तारै सेतो, खैरो हुँदै कालो हुने गर्छ ।

स्ट्रेच मार्क पछि हट्छ ?
स्टेच मार्क आइसकेपछि निको हुँदैन। छाला एकपटक तन्किसकेपछि पुरानै शैलीमा फर्काउन गाह्रो पर्छ । केही उपचारले भने कम पार्न सक्छ ।

उपचार
कसैलाई स्ट्रेच मार्क आएको ठाउँमा चिलाउने, पोल्ने हुनसक्छ । यसबेला छाला नरम बनाउने मलन र एन्टिइन्फामेन्टरी मलन लगाउने तथा खाने औषधिको प्रयोग गर्न सकिन्छ ।

लेजर ट्रिन्टमेन्ट
स्ट्रेच मार्कलाई लेजर ट्रिन्टमेन्टबाट पनि कम गर्न सकिन्छ । यो उपचार एक महिनाको अन्तरालमा ६ देखि आठ पटकसम्म गर्नुपर्ने हुन्छ । तर पूर्णरुपमा हटाउने उपचार छैन ।

स्ट्रेच मार्कलाई रोक्न सकिन्छ ?
स्ट्रेच मार्क कम गर्न शरीरमा सकेसम्म सुक्खा हुनबाट जोगाउन नियमित मालिस गर्नुपर्छ ।छालामा तेल, मोइस्चराइजर, लोसन लगाउँदा छालाको तन्किने क्षमता बढ्छ ।