
नियमित सरसफाइ गर्ने
यौनाङ्ग दिनमा एक पटक सफा पानी वा हल्का र सुगन्धरहित साबुनले धुने, शौचालय प्रयोग गरिसकेपछि पानीले सफा गरेर राम्ररी पुछ्नुपर्छ ।

प्रशस्त पानी पिउने
हरेक दिन पर्याप्त मात्रामा पानी पिउनाले पिसाब संक्रमण गराउने कीटाणु र विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न मद्दत गर्छ ।

यौन सम्पर्कपछि पिसाब फेर्ने र यौनाङ्ग सफा गर्ने
यौन क्रियाकलाप पछि पिसाब फेर्ने र यौनाङ्ग सफा गर्नाले ब्याक्टेरियाको फैलावट रोक्न मद्दत गर्छ। सङ्क्रमणको जोखिम कम गर्छ ।

सुगन्धित उत्पादनको प्रयोग नगर्ने
यौनाङ्गमा पाउडर वा अन्य सुगन्धित स्वच्छता उत्पादन प्रयोग नगर्नु नै उपयोगी हुन्छ । यसले सूक्ष्म जीवको सामान्य सन्तुलनमा बाधा पुर्याउँछ र सङ्क्रमणको जोखिम बढाउँछ ।

स्वस्थ र सन्तुलित खाना खाने
सम्पूर्ण अन्न, फलफूल र तरकारी आदि समावेश भएको सन्तुलित आहारले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । जसले गर्दा सङ्क्रमणसँग लड्ने क्षमता बढ्छ ।

महिनावारीको समयमा स्वच्छता कायम गर्ने
महिनावारीको समयमा यौनाङ्गको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । ब्याक्टेरियाको वृद्धिलाई रोक्न समय-समयमा सेनेटरी प्याड परिवर्तनसँगै यौनाङ्गमा पनि सफा गरेर सङ्क्रमणबाट बच्न सकिन्छ ।

उपयुक्त पेन्टी छनोट गर्ने
सुतीको पेन्टी तुलनात्मक रुपमा उपयोगी हुन्छ । नाइलन वा सिल्क कपडाका पेन्टी लगाउँदा तरल पदार्थलाई सोस्न सक्दैन, जसले सङ्क्रमणको जोखिम हुन्छ ।