+

नकारात्मक भावनाबाट कसरी बच्ने ?

आफ्नो भावनालाई स्वीकार गर्नुपर्छ

भावनालाई दबाउनुको सट्टा प्राकृतिक प्रक्रियाको रूपमा स्वीकार गर्नुपर्छ। नकारात्मक भावनालाई पूर्णतया हटाउन  नसके पनि आफ्नो रोजाइको काम गरेर सकारात्मक मोड दिन सकिन्छ ।

भावनाहरूको मूल्यांकन

नकारात्मक भावना आएको बेला शान्त भएर बस्नुपर्छ । यसो गर्दा के महसुस गरिरहेको छ भनेर अझ राम्रोसँग बुझ्न मद्दत मिल्छ यो सोच सही कि गलत भनेर ? सही निर्णय लिने बित्तिकै असहज भावनाहरू स्वतः हट्नेछन् । सही र गलतको निर्णय विवेकपूर्वक लिनुपर्छ ।

Advertisement

अरूसँग कुरा सेयर गर्ने

 विश्वास गर्ने मानिसहरूसँग हाम्रा भावनाहरूको बारेमा खुला रूपमा कुराकानी गर्ने बानी गर्नुपर्छ ।  यसले त्यसलाई फरक दृष्टिकोणबाट हेर्न मद्दत गर्छ । ठूलाठूला समस्या पनि कुराकानी र अरूको राम्रो सल्लाहबाट समाधान गर्न सकिन्छ ।

 

असहज भावनाको लागि थेरापी

थेरापीले मानिसलाई उसको भावना बुझ्न र व्यवहार गर्न सहयोग पुर्‍याउँछ । यो असहज भावनाहरूसँग सम्झौता गर्नका लागि राम्रो तरिका हो ।