
कान बज्ने कस्तो समस्या ?
कान बज्ने समस्यालाई टिनटनाइटिस भनिन्छ । यो समस्या भएमा कसैले कान कराएको आफूले मात्र सुन्ने हो र केहिमा भने आफूले मात्र नभई वरपरको व्यक्तिले पनि सुन्ने हुन्छ ।

आवाजको प्रकृति
मन्दिरमा बजेको घण्टीको जस्तो आवाज धेरैले सुन्ने गर्छन् । त्यसबाहेक बाघको गर्जन, सिट्टी, मेसिन कराएको, पातपतिङ्गर हल्लिएको, पानी बगिरहेको जस्तो अनुभव गर्न सक्छन् ।

वृद्ध उमेर
उमेर बढ्दै गएसंगै दिमाग र कानलाई जोडने नसा कमजोर हुँदै जाँदा स्वरलाई लैजाने विद्युतीय तरङ्गहरू पहिलेको जस्तो सक्रिय हुन सक्दैनन् । जसले बाहिरको स्वर कम सुन्ने र कानभित्र बढी बजिरहेको अनुभव हुनसक्छ ।

कानभित्रका हड्डी खिइने
कानभित्रका हड्डी खिइने समस्या भए पनि कान कराउँछ । यो समस्यालाई अटोस्क्लेरोसिस भनिन्छ ।

कान बाहिरको समस्या
मस्तिष्कमा भएको ट्युमर, रक्तअल्पता, रक्तचाप उच्च वा अति न्यून भएमा, छारेरोग र माइग्रेनको समस्याले पनि कान बज्न सक्छ ।

रक्तनलीमा खराबी
कानभित्र रहेको रक्तनलीमा कुनै कारण दबाब परेर सुन्निएर ठूलो भयो भने कानबाट आवाज आउन सक्छ ।

मानसिक समस्या
मानसिक समस्या डिप्रेसन, एन्जाइटी, सिजोफ्रेनिया भएमा पनि कानबाट आवाज आएको अनुभव हुन्छ । यस्तोमा व्यक्ति धेरै सोच्दा सोच्दै भ्रमित हुनसक्छ ।