+

मासुको विकल्पमा प्रोटिन पाइने यी ६ खानेकुरा

बोडी

बोडी शाकाहारीका लागि राम्रो प्रोटिनको स्रोत हो । यसमा प्रशस्त मात्रामा प्रोटिन मात्र नभई भिटामिन ए, खनिज तत्व, कार्बोहाइड्रेट पनि यसमा पाइन्छ ।

तोफु

तोफु पनि प्रोटिन उच्च मात्रामा भएको खानेकुरा हो । यसलाई फ्राइ गरेर, सुप बनाएर, ग्रेभीका रुपमा तरकारी तथा गोलभेंडामा मिसाई अचार बनाएर यसलाई खान सकिन्छ ।

Advertisement

पालुंगोको साग

सागमध्ये पनि पालुङ्गोको साग ‘सुपरफुड’ मानिन्छ, जसमा प्रोटिनको मात्रा राम्रो हुन्छ । पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन पाइन्छ ।

मुसुरो दाल

मुसुरोको दाल प्रोटिनको मुख्य स्रोत हो । यसमा विभिन्न खनिज पदार्थहरू आइरन, जिङ्क पाइन्छ । यसलाई फ्राइ गरेर वा तोरीको तेलमा लसुनमा झानेर खान सकिन्छ ।

चना

चना पनि उच्च प्रोटिन भएको खानेकुरा हो । यसलाई रातभर पानीमा भिजाएर र टुसा उमारेर बिहान बेलुका खानु राम्रो मानिन्छ ।

ब्रोकाउली

भरपुर मात्रा प्रोटिन पाइने ब्रोकाउलीलाई काँचै, उसिनेर, ग्रेभी बनाएर र अन्य तरकारीसँग मिसाएर खान सकिन्छ ।

पनिर

पनिरमा प्रशस्त मात्रामा प्रोटिन र फ्याट पाइने भएकोले यो मासुको विकल्पमा राम्रो स्रोत हुनसक्छ ।