+

रक्सी छाडे पछि कलेजोलाई कसरी शुद्धिकरण गर्ने ?

पूर्णरुपमा रक्सी छाड्दा पनि कहिलेकाहीँ कलेजो पूर्णरूपमा स्वस्थ हुन समय लाग्छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ?

यस्तो अवस्थामा, रक्सी सेवन छोडेपछि कलेजोलाई शुद्धिकरण गर्नु महत्त्वपूर्ण छ ।

Advertisement

१. पर्याप्त पानी पिउने

रक्सी छोडेपछि हरेक परिस्थितिमा, आफ्नो शरीरलाई पूर्णरूपमा झोलिलो खानपान र पर्याप्त पानी पिएर हाइड्रेटेड राख्नु महत्त्वपूर्ण हुन्छ । हाइड्रेटेड रहँदा शरीरमा रहेका विषाक्त पदार्थहरू बाहिर निस्कन्छन्, जसका कारण कलेजो पनि शुद्धिकरण हुन्छ ।

२. राम्रो आहार

कलेजोमैत्री आहार मौसमी फलफूल र तरकारी खानुपर्छ । यसबाहेक, लसुन पनि कलेजोलाई स्वस्थ राख्न उपयोगी हुन्छ । बेसार, हरियो तरकारी, बदाम र माछा जस्ता खाना खानुपर्छ । साथै आफ्नो आहारबाट प्रशोधित खाना पूर्णरूपमा हटाउनुपर्छ ।

४. कलेजो सफा गर्ने 'सप्लिमेन्ट'

रक्सी छोडेपछि कलेजो सफा गर्ने 'सप्लिमेन्ट' लिन सकिन्छ । तर, यस सम्बन्धमा विज्ञसँग परामर्श गर्नुपर्छ। सम्पूर्ण स्वास्थ्य र कलेजोको स्वास्थ्यलाई ध्यानमा राख्दै विज्ञले सही सप्लिमेन्ट र तिनीहरूको खुराकको बारेमा सही जानकारी दिन सक्छन् ।

५. आराम गर्ने

यदि कसैले लामो समयदेखि रक्सी पिइरहेको छ र अचानक रक्सी पिउन छोडेको छ भने, त्यस्ता व्यक्तिहरूका लागि पहिलो २४ घण्टा बिताउन धेरै गाह्रो हुन्छ । उनीहरूलाई टाउको दुख्ने, चिन्ता र अनिद्रा जस्ता समस्या भइरहन्छन् । यसले केही मानिसहरूको मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । त्यसैले, रक्सी छोडेपछि केही दिन पर्याप्त आराम गर्नुपर्छ ।