+

सजिलो तरिकाले कसरी गर्ने आई मेकअप ?

न्युट्रल लुक

आँखाको ढकनीमा हल्का न्युड शेडको आई स्याडो लगाउने । ढकनीको बीचमा सिमर सेड लगाएर आइलाइनर पातलो पारेर लगाउने। त्यसपछि मस्काकरा एक कोट लगाउनु भयो भने फ्रेश र युनिक आँखा देखिन्छ ।

यो लुक अफिस जाँदा वा कतै बाहिर घुम्न जाँदा लगाउन सकिन्छ ।

Advertisement

वान सेड आइ स्याडो

मनपर्ने र आउटफिटसँग सुहाउँदो एउटा मात्र रङको आई स्याडो पुरै आँखाको ढकनीमा लगाउने । जसलाई औंला वा ब्रसले राम्रोसँग ब्लेन्ड गर्ने ।

गाजल डिफाइन्ड लुक

आँखाको माथि र तल्लो भागमा नै बाक्लो गरी लाइनर लगाउने। आँखाको कुनामा थोरै ब्लेन्ड गर्ने। यसरी थोरै ब्लेन्ड गर्दा लुक सफ्ट र चिटिक्क परेको देखिन्छ ।

सिमर र मस्कारा

परेलाको बीच र आँखाको कुनामा सिमर र गिल्टर आइ स्याडो लगाउने । यसले आँखालाई उज्यालो र हाइलाइट गराउँछ । त्यसपछि मस्कारा लगाएर पार्टी वा कुनै विशेष समारोहमा उपस्थित हुनसकिन्छ ।

विन्ग्ड आइलाइनर

आँखाको कुनाबाट पातलो लाइन सुरु गर्दै ल्याउने र आँखाको पल्लोपट्टिको बाहिरी कुनाबाट सानो लाइन माथि पार्दै तान्न सकिन्छ । सो लाइन तलको परेलाको अन्तिम विन्दुसम्म लग्नुहोस ।