+

वीर्यको गुणस्तर कसरी सुधार गर्ने ?

बढ्दो उमेर र खराब जीवनशैलीले पनि वीर्यको गुणस्तरलाई असर गर्न सक्छ। त्यसैले, सन्तानको योजना बनाइरहेका पुरुषले वीर्यको गुणस्तरलाई बढाउन जीवनशैलीमा केही परिवर्तन गर्नु आवश्यक छ ।

स्वस्थ तौल कायम राख्ने

मोटोपनले वीर्यको गुणस्तर र प्रजनन् क्षमता घटाउन सक्छ । सन्तानको योजना बनाउँदा वा गर्भधारण गर्न कठिनाइको सामना गर्दा सन्तुलित आहार र नियमित व्यायाम गरेर शरीरको तौललाई सन्तुलित राख्नुपर्छ ।

Advertisement

धुम्रपान र मदिरा नपिउने

धुम्रपान र रक्सीको सेवनले वीर्यको गुणस्तर र आयुमा नकारात्मक असर पार्छ ।गर्भधारणको राम्रो नतिजाका लागि धुम्रपान र रक्सीबाट बच्नुपर्छ ।

तनाव नियन्त्रण

उच्च तनावको स्तर खराब वीर्यको गुणस्तर एकअर्कासँग सम्बन्धित हुन्छ । ध्यान, योग वा परामर्श मार्फत तनाव व्यवस्थापन गर्ने प्रयास गर्नुपर्छ ।

राम्रो निद्रा

पुरुषको शरीरमा बन्ने  यौन हर्मोन टेस्टोस्टेरोन स्तर र शुक्राणुको गुणस्तर सुधार गर्न हरेक रात ७-८ घण्टा सुत्ने लक्ष्य राख्नुपर्छ । चाँडै ओछ्यानमा जाने, शरीरलाई पूर्णरूपमा आराम दिन नियमित सुत्ने तालिका बनाउनुपर्छ ।