
तौल घटाउनु आज सबैको टाउको दुखाईको विषय बनेको छ । वाक्क, दिक्क भएर बस्नुको सट्टा दैनिक आनीबानीमा केहि परिवर्तन गरे घटाउन सकिने विज्ञहरु सुझाव दिन्छन् ।

बिहान मनतातो पानीमा कागती थोरै राखेर खान सुरु गर्नुहोस्। कागतीमा भिटामिन सी र एन्टीअक्सिडेन्ट हुन्छ। जसले मेटाबोलिजमको गति बढाएर क्यालरी वर्न हुन मद्दत गर्छ।
Advertisement

हरेक दिन ३० देखि ४५ मिनेट व्यायाम गर्नुहोस् । कार्डियो अभ्यास जस्तै साइकल चलाउने, नृत्य गर्ने, ब्याटमिन्टन खेल्ने गर्न सकिन्छ ।

हप्तामा २-३ दिन मांसपेशी बलियो बनाउने व्यायाम (जस्तै: वेट लिफ्टिङ, पुश-अप, स्क्वाट्स) गर्नुहोस्। मांसपेशी बढ्दा मेटाबोलिजम पनि बढ्छ।

उच्च प्रोटिन र उच्च फाइबर भएको खानेकुरा पर्याप्त खानुपर्छ । फाइबरले पेट टन्न हुने र अनावश्यक खानबाट जोगाउँछ ।