
घरको एक शान्त र पवित्र स्थलमा सानो मन्दिर बनाउन चाहानुहुन्छ ? तर, केही आइडिया छैन ? चिन्ता नलिनुहोस् । केही सहज तरिकाले तपाईलाई मद्दत गर्न सक्छ ।

सबैभन्दा पहिला शान्त स्थान रोज्नुहोस् । जहाँ हल्ला कम र सकारात्मक उर्जा अनुभव बढी होस् । वास्तुशास्त्रअनुसार घरमा मन्दिर पूर्व अथवा उत्तर दिशाको ईशान कोण (उत्तर-पूर्व) मा स्थापना गर्नुपर्छ ।

इश्वरीय शक्ति ईशान कोणबाट प्रवेश गर्छ र नैऋत्य कोण (पश्चिम-दक्षिण) बाट बाहिर निस्कन्छ । यदि सम्भव भएन भने पश्चिम दिशामा पनि मन्दिर स्थापना गर्न सकिन्छ । तर, दक्षिण दिशामा मन्दिर बनाउनु फलदायी हुँदैन ।

स्थान छनौट भए पछि पानीले सफा गरी कपडाले पुछ्नुहोस । यदी छ भने गंगाजल नभए नुन पानी वरपर छर्किनुहोस् । ताकी, नकारात्मक उर्जा हटोस् ।

बजारमा काठको मन्दिरको सेट अपनै पाइन्छ । त्यो किनेर ल्याउन सकिन्छ । नभए मेच वा टेबलमा आशन बनाउन सकिन्छ।

सुनिश्चित गर्नुहोस्, त्यो आसन भागवानको तस्बिर वा मुर्ति राख्न पुग्ने होस् । भुईमा त्यसै भगवानलाई राख्न नहुने विश्वास रहेको हुँदा उक्त आसनमा पिताम्बरको कपडा वा सफा कुनै कपडा ओछ्याउनु पर्छ ।

देवता राख्दा दुई वा तीनवटा भन्दा बढी नराख्नु उचित हुन्छ । धेरै राख्दा सबैलाई मान्न कहिलेकाहीं गाह्रो हुने भएकोले सीमित देवी देवता राख्न उचित हुने मान्यता छ ।

मूर्ती भएमा सुन्दर र सफा वस्त्रले सजाउन सकिन्छ। रातो, पहेलो जस्ता उज्यालो रङको कपडा प्रयोग गर्न सकिन्छ । यो बाहेक ताजा फुलको मालाले पनि सजाउन सकिन्छ ।