+

हिटर प्रयोग गर्दा कस्तो सावधानी अपनाउने ?

कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । किनकी यसबाट बाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।

ग्यासबाट चल्ने हिटर बालेर पनि कहिल्यै निदाउनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ ।

Advertisement

मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन । यदि प्रयोग गर्ने हो भने कोठामा तातो पानी राख्नु पर्छ ।

यदि हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी, चिया, कफि, सुपजस्ता पेयपदार्थ पिइराख्नुपर्छ । छाला सुक्खा हुन नदिन  मोइस्चराइजरको प्रयोग गरिरहनु पर्छ ।

समय-समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ ।

हिटरलाई बच्चाको नजिक राख्नु हुँदैन । किनकि साना बच्चाहरू प्रायः खेल्दा त्यसको वरिपरि जान सक्छन् ।