
थकान र कमजोरी
क्याल्सियमले मांसपेशी कार्य र ऊर्जा उत्पादनमा मद्दत गर्छ । यसको कमीले थकान, कमजोरी र स्ट्यामिना कम गराउनाले केही गर्न जाँगर चल्दैन ।

हातखुट्टा झमझमाउने
स्नायु प्रणालीले राम्रोसँग काम गर्न शरीरमा क्याल्सियमको मात्रा पर्याप्त हुनुपर्छ । क्याल्सियमको कमी भएमा स्नायु प्रणालीलाई सबै अंगसँग संचार गर्न कठिन हुन्छ जसले गर्दा हात खुट्टा सुन्निने र झमझमाउने गर्छ ।
Advertisement

मुड परिवर्तन
शरीरमा क्याल्सियमको कमीले शरीरमा उर्जा कम हुन्छ। मस्तिष्क भारी हुन्छ जसले मुड परिवर्तन, चिडचिडापन, चिन्ता निम्त्याउन सक्छ ।

छाला र नङमा समस्या
क्याल्सियमले छाला र नङ स्वस्थ राख्छ। लामो समयसम्म क्याल्सियमको कमी भएमा छाला सुक्खा र नङ कमजोर हुनसक्छ ।