+

तिहारमा स्वास्थ्यका खातिर यसरी चलाखी गर्ने कि ?

यसो गरे कसो होला

तिहारमा सेलरोटी, फिनी, अनारस लगायत पकवान सेवन गर्दा थोरै चलाखी अपाउन सकिन्छ । यस्ता मिठाई खानुअघि सलाद, फलफूल वा पानी पर्याप्त सेवन गर्ने । पेट भरिएपछि खानेकुरामा खासै आशक्तिहुँदैन । मिठाई पनि नियन्त्रित मात्रामा खाइन्छ ।

सानो प्लेटको प्रयोग

खानामा कटौती गर्ने सबैभन्दा राम्रो उपाय भनेकै सानो आकारको प्लेटको छनोट हो । किनकी प्लेट जति सानो भयो, उक्त प्लेटमा खाना पनि त्यति नै थोरै हालिन्छ ।

Advertisement

प्रशस्त मात्रामा पानीको सेवन

शरीरलाई हाइड्रेटेड राख्नका लागि प्रशस्त मात्रामा पानीको सेवन जरुरी छ । र, शरीरमा पानीको पुर्तिका लागि ताजा फलफलु तथा नरिवल पानीको उपयोग गर्न सकिन्छ ।

स्वस्थकर उपहारको छनोट

तिहार वा भाईटिकाको अवसरमा दिदीबहिनीले दाजुभाईलाई उपहार दिँदा स्वास्थ्यका लागि लाभदायक हुने खानेकुरा दिनु उपयुक्त हुन्छ।

नुनिलो तथा गुलियो खानेकुरा कम खाने

तिहारमा विभिन्न परिकारको सेवनले मोटोपना, उच्च कोलेस्ट्रोल लगायत समस्या निम्त्याउन सक्छ । बच्नका लागि चिनीबाट बनेका परिकारलाई कम गर्नुका साथै नुनिलो खानेकुरा खानबाट जोगिन आवश्यक छ ।