+

कतै तपाईंको बच्चाले भावनात्मक अत्याचार पो झेलिरहेको छन् कि ?

बालबालिकाले विद्यालयमा भावनात्मक यातना खेपिरहेका हुनसक्छन् । तर, यसलाई उनीहरु खुलेर व्यक्त गर्न सक्दैनन्, वा आफुमाथि के भइरहेको भन्ने कुरा प्रष्टसँग भन्न सक्दैनन् । न यो कुरा सहपाठीले देख्छन्, न अभिभावकले नै ।

यस्तोमा पहिलाको जस्तो व्यवहार बच्चाको छैन वा कुनै असामान्य संकेत देखिरहनु भएको छ भने एकपटक सोच्नु पर्ने देखिन्छ ? यस्तै केही संकेत पनि हुनसक्छन् । जस्तो कि,

Advertisement

तपाईंको बच्चाको शरीरमा बिना कारण चोट, कोतारेको, घाउ देखिनु एउटा संकेत हुनसक्छ । साथै, यसबारे सोध्दा उसले कुनै स्पष्ट जवाफ दिन हिचकिचाउनु पनि चिन्ताको विषय हुन सक्छ।

विद्यालयका सामान जस्तै किताब, पेन्सिल बक्स वा लन्च बक्स बारम्बार हराउने, च्यातिने वा बिग्रिएको अवस्थामा फेला पर्नु पनि संकेत हुन सक्छ। साथै, बच्चाको लुगाफाटा पनि च्यातिएको अवस्थामा देखिन सक्छ।

तपाईंको बच्चाले साथीहरूसँग भेटघाट कम गर्न थाल्यो भने, एक्लै बस्न रुचायो र पार्टी वा समूहगत गतिविधिहरूमा जान हिचकिचायो भने, यो ठूलो संकेत हुन सक्छ।

पहिले आफ्नो काममा राम्रो रहेको बच्चाले अचानक आफैंमाथि शंका गर्न थाल्यो भने, बारम्बार सोध्यो कि उसले केही गलत त गरिरहेको छैन? वा आफ्ना विचार राख्न डराउन थाल्यो भने, यो पनि बुलिङ्गको संकेत हुन सक्छ ।