+

मनसुनमा भाइरल संक्रमणबाट कसरी बच्ने ?

१. सफाइमा ध्यान दिने

मनसुन तथा मौसम परिवर्तंन हुँदा सतहमा रहेका जीवाणुहरु सक्रिय हुन्छन् । जसको सम्पर्कमा आउँदा रुघाखोकी र ज्वरोले सताउने हुँदा हात बारम्बार साबुन र पानीले धुनुपर्छ । विशेषगरी बाहिरबाट आएपछि र खानु अघि धुनु आवश्यक छ ।

२. लामखुट्टेबाट बचौं

घर वरिपरि पानी जम्न नदिनुहोस् । पानी जम्दा लामखुट्टेको सक्रियता बढ्छ  झ्याल र ढोकामा जाली लगाउनुहोस् र सुत्दा झुलको प्रयोग गर्नुहोस्।

Advertisement

३. पौष्टिक खाना खानुहोस्

आफ्नो खानेकुरामा फलफूल, तरकारी र भिटामिन-सीले भरिपूर्ण चीजहरू समावेश गर्नुहोस्। यसले तपाईँको रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत गर्छ।

४. उमालेको पानी पिउनुहोस्

यो मौसममा फोहोर पानीबाट धेरै रोग लाग्न सक्छ, त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुहोस्।

६. भिज्नबाट बच्नुहोस्

अर्को कुरा, वर्षामा अनावश्यक रूपमा भिज्नबाट जोगिनुहोस्। यदि भिज्नु परेमा तुरुन्त लुगा फेरेर आफैंलाई सुकाउनुहोस्।

७. शरीरलाई हाइड्रेटेड राख्नुहोस्

शरीरलाई हाइड्रेटेड राख्न धेरै पानी र पौष्टिक तरल पदार्थ, जस्तै नारिवल पानी र जुस पिउनुहोस् ।

८. भीडभाड भएको ठाउँबाट बच्नुहोस्

जरूरी नपरेसम्म भीडभाड भएका स्थानमा नगउनुहोस्, किनकि त्यहाँ संक्रमण फैलने सम्भावना बढी हुन्छ।