थाइराइड
थाइराइड हर्मोनले महिनावारी चक्र नियन्त्रण गर्न मद्दत गर्छ । तर थाइराइड हर्मोनको मात्रा अत्यधिक बढी र अत्यधिक कम भएमा महिनावारी चक्रमा दखल पर्छ । जसकारण महिनावारीमा ढिलाइ हुनसक्छ ।
उच्च प्रोल्याक्टिन स्तर
मस्तिष्कको पिट्युटरी ग्रन्थीबाट प्रोल्याक्टिन हर्मोन निस्कन्छ । प्रोल्याक्टिन हार्मोनले स्तनपान, स्तनको तन्तु विकास र दूध उत्पादन गर्छ । रगतमा प्रोल्याक्टिनको सामान्य स्तरभन्दा बढी हुँदा महिनावारी ढिलो हुनसक्छ।
हेमोग्लोबिनको न्यून स्तर
शरीरमा हेमोग्लोबिनको मात्रा कम भएमा पाठेघरमा हुने इन्डोमेट्रियल वृद्धिलाई असर गर्न सक्छ । यसले महिनावारीको अवधि सुरु हुन ढिलाइ गर्छ । शरीरमा आइरन कम हुन्छ, जसले महिनावारीलाई असर गर्न सक्छ ।
रोग
अकस्मात आउने ज्वरो, रुघाखोकी वा कुनै दीर्घरोगका कारण पनि महिनावारी समयमा नहुन सक्छ। यो अस्थायीरूपमा हुन्छ। यदि तपाईंको रोग निको भयो भने महिनावारी पुनः नियमित हुन्छ।
मोटोपन र दुब्लोपन
मोटोपनका कारण पनि महिनावारी अनियमित हुन सक्छ, जसकारण महिनावारी ढिला हुन्छ। यद्यपि यो समस्या दुबलोपनका कारण पनि हुन सक्छ। नियमित महिनावारीका लागि स्वस्थ तौल हुनु जरुरी हुन्छ।