+

मेन्स ग्रुमिङ : चल्तीमा छन् ५ हेयर स्टाइल

ब्यालेन्स हेयर स्टाइल

चाहे पार्टी होस् या अफिसियल काम जस्तोसुकै समारोहमा टिपटप बन्नका लागि यो हेयर स्टाइल प्राय:को रोजाइमा पर्छ । कतै तयार भएर जाँदा विशेष केही गर्नु पर्दैन, अगाडिको कपाललाई राउण्ड ब्रसले दायाँ वा बायाँ कोरे पुग्छ ।

लो फेड हेयरस्टाइल

यो हेयरस्टाइल बिजनेस म्यान, कार्यालयका कर्मचारी वा केजुएलमा पनि राम्रो देखिन्छ । जसकारण धेरैको रोजाइमा पर्छ । यो प्राय: राउण्ड र स्केवार्ड फेसलाई सुहाउँछ ।

Advertisement

हाइ फेड हेयरस्टाइल

हाइ फेड हेयरस्टाइल २५ वर्षमुनिका युवकहरुका लागि उत्कृष्ट हेयरस्टाइल हो । यो हेयरस्टाइल बनाउने युवाहरुको एक किसिमको जमात नै छ ।

अन्डरकट हेयरस्टाइल

विश्वमै ट्रेन्डमा रहेको चर्चित हेयरस्टाइलमध्ये एक हो अन्डरकट हेयरस्टाइल । रफ एण्ड टफ देखिन मन छ तर कस्तो हेयर स्टाइल बनाउने भन्ने दुविधामा हुनेको लागि यो हेयरस्टाइल राम्रो हुन सक्छ ।

एडगर हेयरस्टाइल

कपाल पनि झरिरहेको छ । तर स्टाइलिस लुक दिन चाहनेका लागि यो हेयरस्टाइल फिट हुनसक्छ । विश्वव्यापी रुचाइएको यो हेयर स्टाइल राख्न सहज र सबै प्रकारको अनुहार आकृतिलाई सुहाउने हुँदा लोकप्रियता बढी छ ।