+

घोडाको तस्वीर घरमा किन राखिन्छ ?

घरमा घोडाको तस्वीर लगाउनु पछाडी धार्मिक र वास्तु शास्त्रीय मान्यता छन् । यसले घरको भित्ता पनि आकर्षक देखाउँछ ।

घोडाको गति, शक्ति र सफलताको प्रतीक मानिन्छ । घरमा घोडाको तस्वीर राख्दा व्यक्ति लक्ष्य प्राप्त गर्न र जीवनमा अगाडी बढ्ने प्रेरणा मिल्ने विश्वास छ ।

Advertisement

वास्तु शास्त्र अनुसार दौड्दै गरेको घोडाको तस्वीरले घरमा धन र सम्बृद्ध ल्याउँछ। विशेषत सातवटा दौडदै गरेको घोडाको तस्वीर राख्नु शुभ मानिन्छ ।

घोडालाई सकारात्मक उर्जाको प्रतीक मानिन्छ । घरमा घोडाको तस्बिर लगाउँदा नकारात्मक उर्जा हटेर सकारात्मक वातावरण बन्छ ।

घोडाको तस्बिर भित्तामा राख्दा सहास बढ्ने र कठिन परिस्थितिको सामना गर्न आत्मबल आउने विश्वास गरिन्छ ।

वास्तु सास्त्र अनुसार घरको पूर्व दिशामा तस्बिर राख्दा करियरमा उन्नति, आत्मबल बढ्ने र नयाँ अनुभव र अवसर मिल्छ ।

सातवटा घोडाको तस्बिर भएको फोटो फ्रेम घरको बैठक कोठामा राख्नु पर्छ।